यी हुन् गण्डकी प्रदेशका ११० वटा पर्यटकीय गन्तव्यहरु (नामसहित)

यी हुन् गण्डकी प्रदेशका ११० वटा पर्यटकीय गन्तव्यहरु (नामसहित)

Gandaki Pradesh Cabinet

पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशको ११ जिल्लाबाट १०÷१० वटा पर्यटकीय स्थल छनौट गरी सार्वजनिक गरेको छ । पर्यटन प्रबर्दन गर्ने उदेश्यले प्रदेश सरकारले प्रदेशको सम्पूर्ण जिल्लाबाट एक सय १० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले सम्बिन्धित जिल्लाका सरोकारवाला निकायसँग छलफल गरी प्रदेशका पर्यटकीय गन्तव्यहरुको छनौट गरेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
आन्तरिक पर्यटन वर्ष सन् २०१९ मा १५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढेको प्रदेश सरकारले सार्वजनिक गरेको पर्यटकीय स्थलको पर्यटन प्रबर्दनका लागि बजेटसमेत विनियोजन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रदेशले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यमध्य कास्कीको फेवाताल, तालबाराही मन्दिर (लेकसाइड), बेगनासताल, रूपाताल लगातका तालहरु, विन्ध्यवासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेस क्याम्प, पातले छाँगो, विश्व शान्ति स्तुपा, गुफाहरु (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), कोटहरु (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठुलाकोट) र काहुँडाँडा रहेका छन ।

त्यसै गरी मनाङका पर्यटकीय गन्तव्यहरुमा तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल १, २, ३ र पदमार्ग, छो कर्णताल, थोन्चे–लार्के पदयात्रा, मनाङ–थोराङपास पदयात्रा, नारफू–काङला पदयात्रा र तिव्वतियन खम्बाको बंकर रहेका छन् ।

मुस्ताङका पर्यटकीय गन्तव्यहरुमा मुक्तिनाथ तिर्थस्थल, कागवेनी तिर्थस्थल, कुछप तेरेङका गुम्बा (पहिलो गुम्बा), लो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरवार र गुफाहरु, धौलागिरी हाईस फल, लियोपार्ड क्याप(ठिनी), जोमसोम गाँउ र टिटि ताल रहेकाछन्।

बाग्लुङका पर्यटकीय गन्तव्यहरुमा बाग्लुङकालिका, पन्चकोट–शालिग्राम संग्राहलय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट, सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट र गाँइघाट झर्ना रहेकाछन् ।

म्याग्दीका पर्यटकीय गन्तव्यहरुमा गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्र्के धुरी, धौलागिरी वेश क्याप, धौलागिरी हाइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानी रहेकाछन् ।

पर्वतका पर्यटकीय गन्तव्यहरुमा भमरकोट माटे, जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणिय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका र सुर्यस्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरु, महाभिर छहरा आरोहण, वन्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ रहेकाछन् ।

स्याङजाका पर्यटकीय गन्तव्यहरुमा शाल्मेडाँडा–गोर्खा स्मारक र नुवाकोट कालभैरव मन्दिर, शिरुवारी पर्यटकीय गाउँ, आलमदेवि मन्दिर, स्वरेक मैदान प्यराग्लाइडिङ, सातौं चण्डीथान, गहैकालिका, अन्दाअन्दी, छाया क्षेत्र (छुयाङछ्याङदी) राम्दीधाम र मीर्मी सेदिवेणि उच्च तथा स्टिमर यात्रा रहेकाछन् ।

लमजुङको पर्यटकीय गन्तव्यहरुमा लमजुङ दरबार,राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी( गोर्खा र लमजुङको सिमाना) सिउरुङ गाउँ र काउलेपानी गाउँ रहेका छन् ।

गोरखाका पर्यटकीय गन्तव्यहरुमा गोर्खा दरवार र गोर्खा संग्राहलय, मनाकामना मन्दिर र केलवकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपार्क र लारपार्क (२०७२ को भूकम्पको केन्द्रबिन्दु), मनासुलु हिमाल र संरक्षण क्षेत्र, लार्केपास, छेकम्पारा र लिगलिगकोट रहेकाछन् ।

नवलपुरका पर्यटकीय गन्तव्यहरुमा मौलाकालिका, देवचुली, बरचुली पिकहरु, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवि, कैलास पर्वत, घुमाउरीघाट(कामधेनु क्षेत्र), लोसेधारा, कैशाल आश्रम, शास्वत धाम, अकलादेवि (डेडगाउँ) र मन्यविन्दु रहेकाछन् ।

तनहुँका पर्यटकीय गन्तव्यहरुमा बन्दीपुर, देवघाटधाम, ढोरवराही, छाप्दी बराही, व्यास गुफा(पर्यटन क्षेत्र), घाँसी कुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर– बुढी दवता मन्दिर आँधिमुल बाराही र र्मिलुङकोट रहेकाछन् ।

त्यसै गरी केही साहासिक पर्यटकीय गन्तव्यहरु समेत सार्वजनिक गरिएको छ । प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, ¥याफटिङ, घोडाचढी, स्क्इिङ, बन्जीजम्प, साहासिक पिङ (स्विङ), हर्ट एयर वेलुनिङ र जंगल सफारी लगायतका रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ