राजविराज । वर्षायाममा पानीको मुहान नै थुन्ने गरी भारतीय पक्षले एकतर्फ रुपमा बनाउने बाँधका कारण जिल्लाको विभिन्न भुभाग डुबानमा पर्ने गरेको समस्या समाधान हुन नपाउँदै पुनः त्यस्तै प्रकृतिको व्यवहारले हनुमाननगर कांकालिनी नगरपालिकाको ९० परिवार सम्पर्क बिहीन भएका छन् ।
पछिल्लो पटक कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोशी नदीमा बनाएको प्यालट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा हनुमाननगर कंकालनी नगरपालिका १२ गोबरगाढा गाउँका ९० परिवार सम्पर्क बिहीन भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहका अनुसार उक्त बस्तीको पश्चिमतर्फबाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो । उक्त च्यानलमा पानी छोड्दा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्नेमा भारतीय पक्षले सो बारे कुनै जानकारी नै नगराई एक्कासी पानी छोडेपछि त्यस क्षेत्रका बासिन्दाको यस्तो हाल भएको हो ।
आपत्तकालिन बचाऊका लागि नगरपालिकाद्वारा राखिएको दुई थान ढुंगासहित करिब आधा दर्जन ढुंगाहरु समेत पानीले बगाएर लगेको साहले जानकारी दिएका छन् । यसका अतिरिक्त गाउँलेहरुले घरआंगनमा राखेको काठ, दाउराका साथै केही पशुचौपायसमेत पानीको बेगले बगाएर लगेको प्रमुख साहले जानकारी दिएका छन् ।
सम्पर्क बिहीन भएकाहरुसँग सम्पर्कको प्रयास गरिरहेका छौं, प्रमुख साहले भने, ‘तर, नदीको बहावले सिंगो बस्ती नै घेरिएपछि सम्पर्कको प्रयास असफल भएको छ ।’ उनले यस्तै अवस्था जारी रहे स्थिति झन विकराल हुने अवस्था देखिएको बताएका छन् । rajdhanidaily
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी
पोखरा राइडर्स क्लबका अध्यक्ष क्षेत्री र डोली पक्राउ