इटहरीका मेयर चौधरीलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न नेता योगेश भट्टराईको आग्रह

इटहरीका मेयर चौधरीलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न नेता योगेश भट्टराईको आग्रह

yogesh vs mayor

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर देवारिकालाल चौधरीलाई नेकपा नेता योगेश भट्टराईले आत्मालोचना गर्न आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक पदमा रहेकाले पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन अनुराेध गर्दै क्षमायाचना गर्न आग्रह गरेका हुन् ।

उहाँले फेसबुकमा लेख्नु भएकाे छ- ‘इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकालाल चौधरीलाई अनुरोध- द्वारीकजीको हक्की स्वभाव, प्रस्ट वक्ता र इमान्दारिताको पहिलेदेखि नै प्रशंसक हुँ । तर केही दिन यता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिहरूका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयम् उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी ( नेकपा) र स्वयम् उहाँको राजनीतिक उचाइका लागि कदापि सुहाउँदैन । तसर्थ आफ्ना भनाई प्रति सार्वजनिक रूपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्वारीक चौधरीलाई म विनम्र अनुरोध गर्दछु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ