सगरमाथाको उचाइ नाप्न गएका टोलीको सरकारी दुरबिन विप्लवका कार्यकर्ताले लुटे

सगरमाथाको उचाइ नाप्न गएका टोलीको सरकारी दुरबिन विप्लवका कार्यकर्ताले लुटे

durbin

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा गरेका छन्।

सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ (बिन्दु) मध्ये खोटाङ लौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर (दुरबिन) कब्जामा लिएका हुन्।

यही जेठ ७ गते लौरेडाँडा पुगेका सरकारी अधिकारीहरूबाट विप्लवका कार्यकर्ताले दुरबिन लुटेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो। यो खबर आजको नागरिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्यले भने यो घटना गुपचुप राखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ