स्याङ्जामा आँगनमै आएर चितुवाले चिथोर्दा पंगेनी घाइते, उपचारका लागि पोखरा ल्याइयो

स्याङ्जामा आँगनमै आएर चितुवाले चिथोर्दा पंगेनी घाइते, उपचारका लागि पोखरा ल्याइयो

chituwa-1 (1)

स्याङ्जामा आज सोमबार बिहान चितुवाले चिथोर्दा एक जना घाइते भएका छन् । स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले दिएको जानकारीअनुसार वालिङ नगरपालिका वडा नम्बर ११, स्वरेक टापु निवासी ६७ वर्षीय खगिसरा पंगेनी (पुरुष) लाई बिहान २ बजेतिर चितुवाले झम्टेको हो।

ब्याएको भैंसी हेरेर घरको आँगनमा बसिरहेका बेला उनलाई चितुवाले चिथोरेको गरेको प्रहरीले जनाएको छ । डीएसपी अधिकारीका अनुसार उनको टाउको र दुवै हातमा चोट लागेको छ। स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई बिहान ६ बजे गण्डकी मेडिकल कलेज (पोखरा) लगिएको प्रहरीले जानकारी दिएको छ।

यसअघि, गत फागनु १३ गते जिल्लाको भिरकोट नगरपालिका वडा नंं ९ का ११ बर्षिय युनिष गुरुङलाई बिहान करिब ७ बजे चितुवाले आक्रमण गरेको थियो। आफै सुत्ने कोठाको खाटामुनीबाट निस्किएर आक्रमण गरेको थियो । बिहान पिसाव फेर्न उठेका युनिष कोठाभित्र छिर्दा चितुवाले आक्रमण गरेर भागेको थियो । तनहुँमा चितुवाको आतंक उस्तै छ ।

तनहुँ र कास्कीपछि स्याङ्जामा घरभित्र छिर्यो चितुवा, ११ बर्षिय बालक घाइते (भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ