सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

Gold

पोखरा । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५०० रहेकोमा आज घटेर ९१ हजार ८०० कायम भइ कारोबार भइरहेको छ ।

यस्तै, आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ३०० रहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला चाँदी १२ सय ६० रहेकोमा आज १२ सय ७० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ