सुनचाँदीको मूल्य बढ्यो, कति छ आज?

सुनचाँदीको मूल्य बढ्यो, कति छ आज?

sun

पोखरा । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ८०० रहेकोमा आज बढेर ९२ हजार १०० कायम भइ कारोबार भइरहेको छ ।

यस्तै, आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ६०० रहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला चाँदी १२ सय ७० रहेकोमा आज १२ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ