सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

sun

पोखरा । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेकोमा आज बढेर ९२ हजार १०० कायम भइ कारोबार भइरहेको छ ।

आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ६०० रहेको छ ।

यस्तै, आइतबार प्रतितोला चाँदी १२ सय ७० रहेकोमा आज पनि स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ