मनकला हत्याको आरोपमा जेठाजु र भतिज पक्राउ

मनकला हत्याको आरोपमा जेठाजु र भतिज पक्राउ

murder case

SYMBOLIC PICTURE!!!

रुकुम त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनास्थलबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामा मृतक खड्काका माइला जेठाजु केशरबहादुर खड्का र उनका दुई छोरा छन् । पक्राउ परेकाहरू एक जना १५ र अर्को ११ वर्षका भएकाले नाम सार्वजनिक भएको छैन । मृतक मनकला उक्त घरकी ठाइली बुहारी हुन् । अनुसन्धानकै क्रममा रहेकाले सबै भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए । उनले घटनास्थलबाट कपडा, टर्चलाइटजस्ता सामग्रीसमेत बरामद भएको र त्यसका आधारमा पनि अनुसन्धान भइरहेको जानकारी दिए । सोमबार बेलुकी गोठका भैंसीलाई घाँस हाल्न गएकी मनकला राति ९ बजे मृत भेटिएकी थिइन् ।

घरभन्दा करिब २ सय मिटर टाढा रहेको भैंसीगोठमा घाँस हालेर फर्कने क्रममा उनीमाथि आक्रमण भएको अनुमान गरिएको छ । उनको शव टाउकामा धारिलो हतियार प्रयोग गरिएको, एउटा कान काटिएको र घाँटीमा रातो डाम बसेको अवस्थामा भेटिएको थियो ।

उनले दुवै कान, नाक र घाँटीमा लगाएका सबै सुनका गरगहना हराएको प्रहरीले जनाएको छ । मकैबारीमा लछारपछार पारी बीभत्स ढंगबाट उनको हत्या गरिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताए । मनकलाको शव बुधबार पोस्टमार्टम गरी अन्तिम संस्कार गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएको छ ।

गोठमा घाँस हाल्न जाँदै गरेकी महिलाको हत्या

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ