फुकुओका नेपाल सोसाइटीको अनलाइन तीज नृत्य प्रतियोगितामा कृषा प्रथम [हेर्नुहोस् भिडियो]

फुकुओका नेपाल सोसाइटीको अनलाइन तीज नृत्य प्रतियोगितामा कृषा प्रथम [हेर्नुहोस् भिडियो]

krisha kc

जापान । फुकुओका नेपाल सोसाईटीले आयोजना गरेको अनलाइन तीज नृत्य प्रतियोगितामा नवलपरासीकी कृषा केसी प्रथम भएकी छन् । अनलाइन नृत्य प्रतियोगिताको नतिजा सार्वजनिक पनि सोसाईटीले विहीबार अनलाइनमार्फत् नै गरेको हो ।

प्रकाशित परिणाम अनुसार माउन्टेन डान्स ग्रुप काठमाडौं द्वितीय भएको छ भने बाग्लुङकी ललिता छन्त्याल तृतीय र चण्डीगढ, भारतबाट सहभागिता जनाएकी जिज्ञासा गिरीले सान्त्वना पुरस्कार जितेकी छन् । प्रथम हुने केसीले ४४ हजार ४४४, द्वितीय हुने डान्स ग्रुपले ३३ हजार ३३३, तृतीय छन्त्यालले २२ हजार २२२ र सान्त्वना हुने गिरीले १५ हजार नगद राशी र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

प्रतियोगितामा कूल २२ जनाको सहभागिता रहेको थियो । संस्थाको आधिकारिक पेजमार्फत अगस्ट २५ तारिखमा भिडियो सार्वजनिक गरिएको थियो । भिडियोलाई लाईक, कमेन्ट, भ्यूज र सेयरको आधारसहित निर्णायकहरुको अंकका आधारमा विजेता घोषणा गरिएको हो ।

प्रथम हुन सफल कृषाको नृत्य हेर्न यहाँ क्लिक गर्नुहोस्

फुकुओका नेपाल सोसाईटीका अध्यक्ष माधव सिग्देलको अध्यक्षतामा भएको नतिजा सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि अग्रज लोकदोहोरी गायक, संगीतकार, सर्जक तथा निर्देशक नारायण रायमाझी थिए । रायमाझीले गीतसंगीतको जर्गेना गर्न परदेशबाट गरिएको कार्यक्रमले खुसी बनाएको बताए ।

कार्यक्रमको निर्णायकहरुकमा चर्चित निर्देशक स्मृति तिमिल्सिना गुरुआमा, नायिका तथा चर्चित मोडल रञ्जिता गुरुङ र करिश्मा ढकाल रहेका थिए ।

कार्यक्रममा फुकुओका नेपाल सोसाईटीकी वरिष्ठ उपाध्यक्ष ललिता तामाङले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संयोजक दिलेन्द्र जोशीले कार्यक्रम बारेमा जानकारी, सहभागीबारे जानकारी एवं प्रायोजक सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

सोसाइटीका सचिव अशोक सेढाईंले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथि हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक एवं फुकुओका नेपाल सोसाईटी प्रमुख सल्लाहकार धर्मराज अधिकारी, अतिथिहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अध्यक्ष रमेश बिजी, फुकुओका नेपाल सोसाईटी सल्लाहकार प्रदीप श्रेष्ठ, एनआरएनए जापान उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, आदिवासी जनजाती महासंघ क्युस्यु अध्यक्ष रोशन राई, एनआरएनए क्युस्यु संयोजक अर्जुन थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका अध्यक्ष सूर्य खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखा महिला उपाध्यक्ष सोना केसी, गायक तथा सर्जक खुमन अधिकारी, गायिका सम्झना लामिछाने, लायन्स क्लब काठमाडौं फुकुओकाका संस्थापक अध्यक्ष दिनेश रिमाल, हाम्रो नेपाल हामी नेपाली अभियानकर्ता बिनोद सुनार रहेका थिए ।

यस्तै, एनआरएनए जापान सदस्य प्रकाश लामिछाने, फुकुओका नेपाल सोसाईटी पूर्व अध्यक्ष दिपक देवकोटा, फुकुओका नेपाल सोसाईटी पूर्व अध्यक्ष पुरुषोत्तम सिग्देल, फुकुओका नेपाल सोसाईटी मानार्थ सदस्य ज्योति केसी तथा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु प्रतियोगीहरुको पनि सहभागिता रहेको थियो ।

शुभकामना मन्तव्य रामकृष्ण श्रेष्ठ, अर्जुन थापा, प्रदिप श्रेष्ठ, ज्योति केसी, दिनेश रिमाल, विनोद सुनार, रोसन राईलगायतले राखेका थिए । सांगीतिक कोसेलीसहित शुभकामना सम्झना लामिछाने मगर, सूर्य खड्का र सोना केसीले राखेका थिए ।

सहयोगी निर्णायक फुकुओका नेपाल सोसाईटी पूर्वअध्यक्ष पुरुषोत्तम सिग्देलले निर्णय प्रक्रियाबारे जानकारी एवम् निर्णय घोषणा गरेका थिए । सहयोगी संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रहेको थियो । कार्यक्रममा प्रथम पुरस्कार प्रायोजन कृष्ण आचार्य (एभरेष्ट नेपाली रेष्टुरेन्ट तोसु), द्वितीय पुरस्कार प्रायोजन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखा, तृतीय पुरस्कार श्रीगणेश बुटिक, सान्त्वना पुरस्कार प्रायोजन रमेश रेष्टुरेन्टले गरेको थियो ।

सोसाईटीका सचिव अशोक सेढाईंका अनुसार प्रत्येक वर्ष नेपालबाट चर्चित कलाकारहरु आमन्त्रण गरी वृहत तीज गीत/नृत्य प्रतियोगिता आयोजना गर्दै आएकोमा कोरोनाका कारण नियमित कार्यक्रम प्रभावित बनेको हो । गत वर्ष पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम नगरी फोटो कन्टेस्ट गरेको र यसपटक भने अनलाइनबाटै सहभागिता जनाउन सक्ने गरी नृत्य प्रतियोगिता गरिएका हो ।

फुकुओका नेपाल सोसाईटीद्वारा अनलाइनबाटै ‘तीज नृत्य प्रतियोगिता’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ