सुनको मूल्य एकैदिन ९ सयले बढ्यो

सुनको मूल्य एकैदिन ९ सयले बढ्यो

1569133662gold

पोखरा। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

केही दिन लगातार घटेको सुनको मूल्य आज एकैदिन तोलामा ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाला सुन तोलामा ८८ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रहेको छ ।

यसैगरी शुक्रबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ११४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ