सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो?

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो?

silver-gold

पोखरा। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सयले बढेको छ । आज छापावाला सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोला ८९ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रहेको छ ।

यसैगरी आइतबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ११६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds