सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो?

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो?

gold_

पोखरा। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाला सुन तोलाको ९१ हजार ५ सयमा कारोबार भएको थियो।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ।

चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेको छ।

आज चाँदी तोलाको ११९० रुपैयाँ मै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ