आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

Gold

पोखरा। नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ