सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

sun gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार सुनको मुल्य तोलामा ३०० ले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ