सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

Gold

पोखरा। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ सयले बढेको छ ।

आज छपावाला सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि सोमबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार १०० सय कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहँदै १२ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार पनि चाँदी तोलाको १२ सय ५५ मा नै कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ