पोखरा। नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सयले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि मंगलबार सुन तोलाको ९२ हजार ६०० सयमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार २०० सय कायम भएको छ ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ ।
आज चाँदी १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।