पोखरा। नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९३ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि बुधबार सुन तोलाको ९२ हजार ७०० सयमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन तोलाको ९३ हजार २०० सय कायम भएको छ ।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ ।
आज चाँदी १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।