Gandak News
Our News Your Views
Promote your business here Gandaknews

सोलुखुम्बुमा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु

काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ वडा नम्बर ३ मा भोट खासल्न आएकी बिरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो।

झडपमा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो।

झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन्। घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो। तर मतदान गरिसकेपछि भने घर पुर्याउन बेवास्ता गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएपछि दुई समूहबीच विवाद बढेको थियो।

दमको बिरामी ती वृद्धाको शुक्रबार साँझ नै मृत्यु भएको थियो।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस