पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
यसअघि सोमबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ।
तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।