सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

gold

प्रतिकात्मक तस्विर

पोखरा। नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ सय रुपैयाँले बढेको छ।

शुक्रबार छापावाल सुन ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ।

शुक्रबार चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ