सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

sun gold

पोखरा । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तीन सयले घटेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यस्तै, शुक्रबार चाँदी २५ रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ