पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ८ सय रुपयाँले बढेको छ।
बिहीबार छापावाला सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि, बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार २१० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।