सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ।

यसअघि, सोमबार पनि छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य पनि ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ।

आज चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ