सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

Gold sun

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बिहीबार पनि छापावाल सुन ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य पनि ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार २२५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ