सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

sun gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ।

सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको छ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ।

चाँदी आज प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ