सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

sun gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ७ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds