सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ।

आज चाँदी प्रतितोला १ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ