पोखरा । सामसङ ‘ए’ सिरिज अन्तर्गत ग्यालेक्सी ए १३ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ।
यो फोन सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित रहेको बताइएको छ।
यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन रहेको कम्पनीको दाबी छ।
क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।
क्वाड क्यामेराको माथिल्लो भागमा ५० एमपी मेन क्यामेरा छ। जसमा ५एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ र म्याक्रो सेन्सरहरू साथै अगाडि ८ एमपी सेन्सरहरू छन्।
यो फोन विशेषगरी कन्टेन्ट बनाउनेहरूका लागि र नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त हुने कम्पनीले बताएको छ।
यसको १५ डब्ल्यू फस्ट चार्जिङ र ५ हजार मिलि एम्पियर ब्याट्री रहेकाले यस फोनमा ब्याट्रीहरू लामो समयसम्म टिक्न सक्छन्।
यसको सिस्टमले प्रदान गर्ने स्टोरेज वृद्धिले यो फोन ग्राहकको लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
यो फोनको बजार मूल्य २१ हजार ४९९ रुपैयाँ रहेको छ।
सम्बन्धित खबर
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
मोटरसाइकल चढेर पैदलयात्रीको सिक्री तान्ने ४ जना पक्राउ
मादक पदार्थ सेवन गरी दुई युवा समूह बीच झडप, एकको मृत्यु, ८ पक्राउ
अर्काको सिमकार्ड आफ्नो नाममा डुप्लिकेसन गरी ६ लाख ठगी, २२ वर्षीय युवक पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि