सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

sun

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ।

सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य भने आज स्थिर छ।

चाँदी हिजो जस्तै तोलामा १ हजार १५० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ