Gandak News
Our News Your Views
Promote your business here Gandaknews

सुनचाँदीको मूल्य बढ्यो

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ५ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेको छ।

आज चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस