Gandak News
Our News Your Views

सुन तोलामा एक हजारले घट्यो

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन एक हजार रुपैयाँले घटेको छ।

आज छापावाल सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य आइतबार ३० रुपैयाँले घटेको छ।

आज चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

लोड हुँदै ...