सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढ्यो

gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आइतबार एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि शुक्रबारबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

चाँदी आज तोलामा ४५ रुपैयाँले बढेर १ हजार २१५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ