घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

केही दिनदेखि बढिरहेको सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ