सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

sun-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि बिहीबार छापावाला सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यसैगरी शुक्रबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds