पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ।
आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यसअघि आइतबार छापावाला सुन तोलामा ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ।
यसैगरी सोमबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।