सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि मंगलबार छापावाला सुन तोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ