सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा एक सय रूपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोलामा ९६ हजार ९ सय रूपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २८५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ