बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रूपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले बढेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ