सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

sun gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ५ सय रूपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोलामा ९७ हजार ६ सय रूपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने बिहीबार ४० रूपैयाँले बढेर १ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ