बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Gold sun

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ४ सय रूपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन प्रतितोलामा ९९ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य भने २५ रूपैयाँले बढेर १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds