पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमतबार सुन तोलामा ४ सय रूपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोलामा ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, सोमबार चाँदीको मूल्य भने १५ रूपैयाँले बढेर १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।