पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ६ सय रूपैयाँले घटेको छ।
आज छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, मंगलबार चाँदीको मूल्य भने ३५ रूपैयाँले घटेर १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।