बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ४ सय रूपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन प्रतितोलामा ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १० रूपैयाँले घटेर १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ