घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

1569133662gold

पोखरा। नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ सय रूपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार तेजावी सुन प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ३७५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ