१४ सय रुपैयाँले घट्यो सुनको मूल्य

१४ सय रुपैयाँले घट्यो सुनको मूल्य

sun

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाला सुन प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ३० रुपैयाँले घटेर एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ