बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

Gold sun

पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढको छ भने चाँदीको घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य २ सय रुपैयाँले बढको छ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख ४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख ४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यसैगरी, आज चाँदीको भाउ भने घटेको छ। चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ