सुनको मूल्य १७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य १७ सय रुपैयाँले बढ्यो

gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन १ लाख १ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य आइतबार १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार दुई सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ