सुनको मूल्य एक हजारले बढ्यो

सुनको मूल्य एक हजारले बढ्यो

sun

पोखरा। नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ हजार रूपैयाँले बढेको छ।

आज छापावाल सुन एक लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले बढेर १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ