बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Gold sun

पोखरा। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य मंगलबार १० रुपैयाँले बढेर एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ